६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा ३५ अर्बको ऋणपत्र सूचिकृत

११ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ । नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे ३ वटा विकास ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएको हाे

२०८४ ‘छ’ नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे छ । यस्तै २०८४ ‘ज’ नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे र २०८५ ‘च’ नामकाे ५ अर्ब रूपैयाँ बराबरकाे गरी कुल ३५ अर्बकाे विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हाे । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेकाे जनाएकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १२:२७