१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सांसदहरूलाई मास्क लगाउन सभामुखकाे निर्देशन

१० साउन, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् । प्रतिनिधि सभाकाे मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् ।

‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदिदै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु,’ सापकोटाले भने । पछिल्लो समयमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्रै ५ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन भने एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : July 26, 2022 at 2:53 pm