१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

रसुवागढी हाइड्रोपावरको सेयरमा माग अनुसारको आवेदन नपरेपछि दोस्रो पटक समय थपियो

९ साउन, काठमाडौँ ।  रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमा मागअनुसारको आवेदन नपरेपछि पुनः समय थपिएको छ । माग अनुसारको आवेदन नपरेपछि कम्पनीले साउन ३१ गतेसम्मका लागि समय थप गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको भए पनि एक पटक समय थपिदाँ आइतबार साँझसम्म २७ हजार ७०८ आवेदकले ५२ लाख ७१ हजार ५७० कित्ताको लागि मात्र आवेदन परेको छ ।

कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीयो निष्कासन गरेको थियो । उक्त समयमा मागअनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्ने निर्णय भएको थियो । थपिएको समयमा पनि पर्याप्त आवेदन नगरेपछि कम्पनीले पुनः समय थप गरेको हो ।

प्रकाशित मिति : July 25, 2022 at 10:07 pm