८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रचण्ड र वामदेवबीच भेट, के भयो कुराकानी ?

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।दुई नेताबीच सोमबार साँझ नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा समाजवादी केन्द्र बनाउनेबारे दुई नेताबीच छलफल भएको जनाइएको छ । केही समय यता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी बीचमा समाजवादी केन्द्र बनाउने बारे छलफल भइरहेको नेताहरुले दाबी गरेका छन् ।

प्रकाशित मिति : July 25, 2022 at 6:55 pm