१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

एसपीपी कार्यान्वयन नगर्ने निर्णय अमेरिलाई नपठाएको जानकारी सदनलाई गराउन भीम रावलकाे माग

८ साउन, काठमाडाैं । नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ती जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ती जनाएका हुन् । एसपीपीबारे संसद र संसदीय समितिको निर्देशनलाई सरकारले सुनेपनि नसुनेझै गरेको उनको भनाई छ ।

उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरे । त्यस्तै उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस बिषयमा गम्भीरता देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : 15:13