२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

निजी क्षेत्रले जहिलेपनि लचिलो मौद्रिक नीतिको अपेक्षा गरेको हुन्छ


७ साउन, काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हाँसिल गर्न मद्दत नपुगेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले अहिले मौद्रिक नीति संकुचित भएर आएको पनि बताउनुभयो । निजी क्षेत्रले जहिलेपनि लचिलो मौद्रिक नीतिको अपेक्षा गरेको उहाको भनाई छ । उहाले मौद्रिक नीतिले नीजि क्षेत्रलाई दिईने सहुलियत स्पष्ट नभएको धारणा राख्नुभयो ।

अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीतिलाई अझै कसिलो बनाउनुपर्ने बताउनुभयो । मौद्रिक नीति बढि माग पक्षबाट निर्देशित रहेको भन्दै उहाले अहिलेको पोलिसी आर्थिक स्थायित्व र ब्यालेन्स अफ पेमेन्टमा राष्ट्र बैंकको नीति असफल देखिएको तर्क गर्नुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थापन गर्नको लागि उल्लेखनीय कुरा नगरेको टिप्पणी गर्नुभयो । अहिलेको आर्थिक अवस्थाको सुधारको लागि फजुल खर्च कम गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

त्यस्तै उहाले नेपालमा लगानी गर्न नीतिगत अप्ठ्यारो रहेको भन्दै त्यसतर्फ बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार २०:५२