२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

मुक्तिनाथ विकास बैंकलाई बीपीए अवार्ड


७ साउन, काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले प्रदान गर्ने वेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२१ प्राप्त गरेको छ । बैंक शुक्रबार बीपीए अवार्ड प्राप्त गरेको हो ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले शुक्रबार आयोजति विशेष समारोहमा उक्त अवार्ड ग्रहण गरे । मुक्तिनाथले लगातार तेस्रो वर्ष यो बीपीए अवार्ड प्राप्त गरेको हो । बैंकले यसअघि २०१९ र २०२० को पनि बीपीए अवार्ड प्राप्त गरेको थियो ।

बैंक केही दिनअघि ‘द बिज अवार्ड २०२२’ बाट सम्मनित भएको थियो । वर्ल्ड कन्फरेडेसन अफ बिजनेशले आयोजना गरेको बिजनेस एक्सिलेन्स् अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ पनि मुक्तिनाथले पाएको थियो ।

विभिन्न ६ विधाहरू (व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मूल्यांकन गरी उक्त संगठनबाट बैंक सम्मानित भएको हो।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १९:३९