६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

६ विधामा उत्कृष्ट हुँदै मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित


५ साउन, काठमाडाैँ । मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको छ । मुक्तिनाथ विकास बैंक वर्ल्ड कन्फरेडेसन अफ बिजनेशले आयोजना गरेको बिजनेस एक्सिलेन्स् अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको हो ।

विभिन्न ६ विधाहरू (व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मूल्यांकन गरी उक्त संगठनबाट बैंक सम्मानित भएको हो।

सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरूका ३ हजार ५ सयभन्दा बढि व्यापार सदस्यहरूको प्रतिनिधित्व गर्दै आएको बैंकले जानकारी दिएको छ।

यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा थप रणनीति बनाउन र ग्राहकहरूका लागि नविनतम सेवाहरू ल्याउन उत्साहित बनाएको बैंकले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १७:४६