४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

समता अस्पताललाई मेगा बैंकका तर्फबाट पाँच लाख सहयोग


७ साउन, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडाैको बाैद्धमा रहेको समता अस्पताललाई पाँच लाख रूपैयाँ सहयोग गरेको छ । मेगा बैंक १२औं बार्षिकोत्सवका अवसरमा शनिबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैंया सहयोग गरेको हो ।

बार्षिकोत्सव समारोहमा मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तम सञ्जेललाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरे । एक सय रुपैंयामा सर्वसाधारणको उपचार गराउँदै आएको समता अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ । शनिबारदेखि मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १६:४२