८ असार २०८३, सोमबार | Mon Jun 22 2026

साना कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध प्रदर्शन गर्ने

६ साउन, काठमाडाैँ । साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् ।

उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्गरमा विरोधको कार्यक्रम राखेका छन् । गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई निर्णयार्थ पेश गर्दैछन् ।

प्रकाशित मिति : July 22, 2022 at 9:23 am