केन्द्र विवादले डोल्पामा एउटै नगरपालिकाको दुई कार्यालय
२४ फागुन, डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र विवादका कारण एउटै नगरका दुईवटा कार्यालय रहने भएको छ । यही फागुन १६ गते दुनैमा रहेको नगरपालिकाको केन्द्र जुफाल सारिएसँगै त्यहाँ कार्यालय स्थापना भइसकेको र सर्वसाधारणले जुफालबाटै सेवा लिइरहेको वडा नं ९ अध्यक्ष विमल भण्डारीले बताउनुभयो ।
यता उक्त नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले नगरको केन्द्र दुनै नै रहेकाले जनतालाई सेवा लिन अन्योलमा नपर्न आग्रह गर्नुभएको छ ।

नगरप्रमुख गणेशबहादुर शाहीले असार ३१ मा गरेको निर्णय जालसाजी र किर्ते भएकाले जुफालमा केन्द्र तोकिए पनि मान्य नरहेकाले मंगलबार कुल ५२ सदस्यमध्ये २७ जना सदस्यको बहुमतले नगरपालिकाको केन्द्र दुनैमा नै रहेको जानकारी गराउँदै आजैका मितिबाट ठुलीभेरी नगरपालिकाको काम जनताले दुनैबाट नै पाउने नगरसभाले निर्णय गरेको उपप्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
केन्द्र सारेको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण बन्द भएको दुनै बजार आज बिहानदेखि खुलेको छ ।
प्रकाशित मिति : March 8, 2018 at 12:05 pm









