४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिटान्स सम्झौता


५ साउन, काठमाडाैँ । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा. लि. बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबिच नेपाल बैंक लिमिटेडकोतर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र नेपाल रेमिट इन्टरनेसनल प्रा. लि. का तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेको बैंकका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

नेपाल रेमिट इन्टरनेसनल प्रा. लि. मार्फत आएको रेमिटान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौता मार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकले सहज र सूलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ ।

नेपाल बैंक लिमिटेडले रेमिटान्स क्षेत्रमा आफनो छूट्टै पहिचान बनाउदै बिगत ८५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । नेपालभर २१९ शाखाहरु, ४७ वटा एक्सटेन्सन काउन्टर, २६० भन्दा बढि रेमिटान्स भूक्तानी गर्ने सव एजेन्ट, छ, ५००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सूरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, उच्च ब्याजदर प्राप्त हूने रेमिटान्स बचत खाता एवं मूद्दति खातामा रकम जम्मा सकिने जस्ता सूविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले छिटोछरितो र गूणस्तरीय ग्राहक सेवामा जोड दिई यूवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधूनिक प्रविधीको समूचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १०:३०