२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै


२४ फागुन, काठमाडौँ । आइसीसी एकदिवशीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको समाना गर्दैछ ।

समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौति छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने तयारीमा रहेको छ ।

आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा हुनेछ ।

खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०९:४८