६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटना


१ साउन, काठमाडाैँ । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो ।

दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ । कार्गो विमान कति यात्रु थिए र दुर्घटनामा बाँचेका थिए कि भनेर तत्कालै थाहा हुन सकेको छैन् ।

ग्रीसको सञ्चार माधयम ईआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार ०८:१८