३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

काठमाडाैँमा हालसम्मकै ठूलाे राधा कृष्ण मन्दिर बन्दै, मन्दिर धार्मिक पर्यटनको अाकर्षण बन्ने

१६ भदाै, काठमाडाैँ । काठमाडाैँमा अहिलेसम्मकै ठूलाे र कलात्मक राधा कृष्ण मन्दिर निर्माण हुने भएको छ । जगद् गुरू कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष राजुप्रसाद कडेँलले नेपालमा एेतिहासिक राधा कृष्ण मन्दिरकाे निर्माण गर्न लागिएको जानकारी दिए । अध्यक्ष कडेँलले मन्दिर काठमाडाैँमा निर्माण हुने र विना कंक्रिट पत्थरबाट मात्र बन्ने बताए ।

काठमाडाैँमा निर्माण हुन लागेको अहिलेसम्मकै ठूलाे र कलात्मक राधा कृष्ण मन्दिर ।

तीन वर्षमा निर्माण सम्पन्न हुने मन्दिरको शिलान्यास अागामी मंसिर मिहनामा हुने अध्यक्ष कडेँलको भनाइ छ । मन्दिरको निर्माणमा इटालियन मार्वलको प्रयोग हुनेछ भने प्रतिष्ठित कालीगढहरूले मन्दिरको काम गर्नेछन ।

जगद् गुरू कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष राजुप्रसाद कडेँल ।

नेपालकै पहिलो र विशिष्टिकृत कलात्मक मन्दिर धार्मिक पर्यटनको मुख्य अाकर्षण बन्ने सम्भावना पनि उत्तिकै रहेको छ ।मन्त्रिदरले अध्यात्मिक जगतलाई नयाँ उर्जा दिने अध्यक्ष कडेँलको विश्वास रहेको छ । कडेँलले मन्दिर निर्माणको जिम्मेवारी अाफूले पाएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्णमा अाभार प्रकट गरेका छन ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार १६:५५