६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

उपसभामुखमा राप्रपाको समर्थन एमालेलाई

३१ असार, काठमाडौं । उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमाले उम्मेदवारलाई समर्थन गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा संविधानको भावनाअनुसार उपसभामुखमा प्रतिपक्षको हक लाग्ने बताएका हुन् ।

लिङ्देन संविधानको भावनाअनुसार सभामुख सत्तापक्षको हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने तर्क गरेका हुन् । उनले भने, ‘संविधानको यो व्यवस्थालाई कुनै पनि तर्क र बहानामा गलत व्याख्या गरियो भने संविधान मिच्ने सिलसिला झनै बढेर जान्छ । त्यसैले हाम्रो पार्टीको दृष्टिमा यो उपसभामुख पद प्रतिपक्षको भागमा पर्नुपर्छ । अहिले यो प्रतिपक्षको हकको कुरा हो ।’

लिङ्देनले सत्तापक्षले उदारतापूर्वक प्रतिपक्षलाई उपसभामुख लिनुस् भन्नुपर्ने सल्लाह दिए । उनले आफ्नो पार्टीले सत्तापक्षका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १६:०२