२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

३१ असार, काठमाडाैँ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिहीबार सर्वोच्चमा गाई चिन्ह माग्दै रिट दायर गरेका थिए ।

शुक्रबार सर्वोच्चले गाई चुनाव चिह्न नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिए । शुक्रबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले  आदेश दिएको हो।

सर्वोच्चले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न आयोग र रिट निवेदक दुवै पक्षलाई साउन ४ गते बोलाएको महामन्त्री बर्ताैलाले जानकारी दिए ।

प्रकाशित मिति : July 15, 2022 at 2:45 pm