६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

कांग्रेस बैठकः माओवादीमा भोट हाल्न लगाउने देउवा र पाैडेललाई पहिला कारबाही गराैँ

३० असार, काठमाडौँ । नेपाली कांग्रेसमा चुनावको समिक्षाका क्रममा अन्तरघाती माथि कारबाहीको प्रसंग चल्दा केन्द्रीय सदस्य बलाबहादुर केसीले माओवादी लगायतका पार्टीको चुनाव चिन्हमा भोट हाल्न लगाउने सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलबाट कारबाहीको सुरूवात गर्न माग गरेका छन ।

कांग्रेस मुख्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्य केसीले स्वतन्त्र उठेका र असहयोग गर्नेमाथि छानबिन गर्ने हो भने सबैभन्दा पहिले देउवा र पौडेलबाट कारबाहीको सुरूवात हुनुपर्ने बताए । उनले अगामी चुनावमा गठबन्धन नगरी कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका छन । उनले चुनावमा गठबन्धन गर्ने विषयलाइ लिएर विभाजित हुन नहुने पनि बताए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १७:५६