रेणुकुमारी यादवद्धारा पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा
३० असार, काठमाडाैं । जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री रेणुकुमारी यादवले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । व्यक्तिगत कारणले पदीय जिम्मेवारीमा रहन नसक्ने भन्दै जसपाकी संस्थापक नेतृ यादवले सबै जिम्मेवारी परित्याग गरेको जनाएकी छन् ।
यादवले राजीनामा पत्रमा लेखेकी छन्ः ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,’ उनले भनेकी छिन्, ‘तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।’
जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले अलग-अलग बैठक बोलाएर पार्टी विभाजनको तयारी गरिरहेकाे समयमा कार्यकारिणी समिति सदस्य तथा सांसद यादवले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण मानिएको छ । यादव सरकारबाट आफूलाई फिर्ता बोलाएकोमा असन्तुष्ट थिइन् ।
प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १७:११












