१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

पेस्तोलसहित एक लुटेरा  पक्राउ

१६ भदौ,विराटनगर । सुन पसलमा लुटपाट गर्ने एकजनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल (विक) लाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निजले पसलबाट ९.७७ ग्रामको सुनको ब्रासलेट लुटी भाग्न लाग्दा बेलबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले स्वचालित पेस्तोल, दुई राउण्ड गोली, सुनको ब्रासलेटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 10:35