३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी अन्ततः बालुवाटारबाट पनि बाहिरिए

१६ भदाै, काठमाडाैँ । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बिहीबार साँझबाट बालुवाटार छाडेका छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि २० साउनदेखि जोशी बिदामा रहेका छन ।

५ चैतदेखि प्रधानन्यायाधीशनिवास बालुवाटार बस्न थालेका जोशी बिहीबार धुम्बाराही स्थित आफ्नै निवास सरेका हुन् । १ चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि कामु प्रधानन्यायाधीशको हैसियतमा जोशी हतारिएर बालुवाटार सरेका थिए ।

१८ साउनमा संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेपछि २० साउनदेखि घर बिदामा बसेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार ०९:२५