३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

नेपालटारबाट हराएका ८ वर्षीय अनिल बलामी २४ घण्टामा पनि भेटिएनन्, अपहरणको अाशंका

१६ भदाै, काठमाडाैँ । काठमाडाैँकाे तारेकश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारबाट हराएका एक बालक २४ घण्टा बित्दा पनि नभेटिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहानबाट हराएका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ अोखरपाैवा कागतीगाउँ स्थायी घर भएका ८ वर्षका अनिल बलामी शुक्रबार बिहान ६ बजेदेखि हराइरहेका छन ।

। उनको परिवार र प्रहरीले खोजी कार्य जारी राखे पनि भेट्न सकेको छैन । हिजो साँझ ५ बजेमात्रै प्रहरीकोमा उजुरी दिन पुगेका परिवारले दिउँसभर घर अाउने अाश गरेको थियो तर साँझ सम्म पनि नअाएपछि प्रहरीलार्इ खबर गरेको अनिलका बुबा राजु बलामीले बताए ।

उनले वेपत्ता भएको अाफ्नो छोराको खोजी गरिदिन अाग्रह गरेका छन । अनिल काठमाडाैँ महानगरपालिका वडा नम्बर १६ काे तरूण माविमा युकेजीमा अध्ययरत  थिए । घटनाको जानकारी पाए लगत्तै बालाजु प्रहरी वृतका प्रमुख डिएसपी चिरञ्जिवी कोइरालासँग खोजीमा व्यापक प्रहरी परिचालन गरिएको र अाफू पनि फिल्डमै रहेको बताएका छन ।

अनिलको परिवारले कसैले देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा अनिलाका बुबा राजु बलामीलार्इ मोबाइल नम्बर ९८६१५०३०७६ मा खबर गरिदिन अाग्रह गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार ०८:३१