३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

काठमाडाैँ नेपालटारका ८ वर्षीय अनिल बलामी १२ घण्टादेखि वेपत्ता, खोजीदिन परिवारको अाग्रह

१५ भदाै, काठमाडाैँ । काठमाडाैँकाे तारेकश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारबाट एक बालक हराएका छन । ८ वर्षका अनिल बलामी शुक्रबार बिहान ६ बजेदेखि बेपत्त भएको परिवारले जनाएको छ ।

वेपत्ता भएका बालक अनिलका बाबुले अाफ्नो छोराको खोजी गरिदिन अाग्रह गरेका छन । नेपालटारको मोडमा व्यवसाय गर्ने गरेका राजुले अाफ्नो सम्पूर्ण शक्ति लगाएर खोजी गरेको तर कही नभेटिएको भन्दै खोजीमा सहयोग गर्न अाग्रह गरेका हुन । अनिल काठमाडाैँ महानगरपालिका वडा नम्बर १६ काे तरूण माविमा युकेजीमा अध्ययरत  थिए ।

घटनाको जानकारी पाए लगत्तै दैनिकीले बालाजु प्रहरी वृतका प्रमुख डिएसपी चिरञ्जिवी कोइरालासँग खोजीको बारेमा जानकारी माग्दा उनले प्रहरीमा कुनै उजुरी नै नअाएको जानकारी दिए । यद्यपी डिएसपी कोइरालाले दैनिकीसँग रहेको विवरण लिएर घटनाको बारेमा जानकारी लिएका छन ।

अनिल बलामीलार्इ तपार्इले कतै देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा अनिलाका बुबा राजु बलामीलार्इ मोबाइल नम्बर ९८६१५०३०७६ मा खबर गरिदिन अाग्रह गर्दर्छाैँ ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार १८:४६