६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

बाबुरामले बोलाए जसपाको केन्द्रीय समितिको विस्तारित बैठक, उपेन्द्रको आपत्ति

२६ असार, काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई केन्द्रीय समितिको विस्तारित बैठक डाकेका छन । बाबुरामले असार २८ र २९ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन ।

अर्का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाएको एक दिन अगावै बाबुरामले विस्तारित बैठक बोलाएका हुन । उपेन्द्रले वीरगञ्जमा असार २९ र ३० गते उक्त बैठकल बोलाएका छन ।

बाबुरामले बैठकको एजेण्डा समेत सबै नेतालाइ पठाइसकेको बताएका छन । उता उपेन्द्र यादवले भने बाबुरामको बैठकमा आपत्ति जनाएका छन । यादवले बाबुरामले बोलाएको बैठक अबैधानिक भएको बताएका छन ।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार १३:४४