वैशाख ११ को ज्ञानेन्द्र शाहको शाही घोषणाको ड्राफ्टमा कांग्रेसको पनि दाबी
२५ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६३ वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको शाही घोषणाको ड्राफ्ट आफूले गरेको दाबी गरेको भोलिपल्टै त्यसमा कांग्रेसको पनि दाबी मसिएको छ ।
शुक्रबार एक कार्यक्रममा सम्बोधनका क्रममा ओलीले एमालेको तत्कालीन मुख्यालय बल्खुमा रूद्राक्षको बोटमुनी सबेर आफूले शाही घोषणाको ड्राफ्ट लेखेको र त्यसबाट संसद पुनस्थापना भएको बताएका थिए । शनिबार साँझ नेपाली कांग्रेस निकटका वरिष्ठ पत्रकार एवं पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले त्यो ड्राफ्ट कांग्रेसले तयार गरेको दाबी गरेका छन ।
नेपालले नेपाली कांग्रेसका नेता महेश आचार्यले उक्त ड्राफ्ट तयार गरेको र ज्ञानेन्द्रले त्यही पढेको दाबी गरेका छन । उनले भनेका छन, ‘२०६३ बैशाख ११ गते महाराज ज्ञानेन्द्रको शाही घोषणाको मस्यौदा महेश आचार्यले लेखेका थिए । महाराजले त्यही पढेका थिए । यो सूचनाको आधिकारिकतालाई चुनौति दिने कोही छ ?’
यो पनि पढ्नुहोस्
ज्ञानेन्द्रले सर्वदलीय स्वीकृतिमा पढेको ‘ड्राफ्ट’ आफूले तयार पारेकाे ओलीकाे खुलासा
केपी ओलीले ड्राफ्ट गरेको भनिएको वैशाख ११ को ज्ञानेन्द्रको शाही घोषणामा के थियो ?

प्रकाशित मिति : २५ असार २०७९, शनिबार २१:०९












