बुढीगंगामा पाँच दलीय गठबन्धनले पनि खाता खोल्यो, ८ नम्बरमा कांग्रेस उम्मेदवार विजयी
२५ असार, बाजुरा । बाजुराको बुढीगंगामा नगरपालिकामा पाँच दलीय गठबन्धनले पनि खाता खोलेको छ । वडा नम्बर ८ मा गठबन्धन तर्फबाट उम्मेदवार कांग्रेसका रमेश रावत विजयी भएका छन ।
विजयी रमेश बहादुर रावलले ३ सय ५९ मत प्राप्त गरेका छन । एमालेका विराज रावतले ३ सय १ मत प्राप्त गरेका छन ।एमालेका मेयरको ३ सय ९७ र काँग्रेस मेयरको २ सय ६६ मत वढा नम्बर ८ मा आएको छ । त्यस्तै एमाले उपमेयर ३ सय ३६ काँग्रेस उपमेयर ३ सय ३२ मत प्राप्त गरेका छन ।
गणना भए ६ वडा मध्ये १,२,३,९ र १० मा एमाले र ८ मा काँग्रेस विजयी भएको छ । ८ नम्बर वडामा मेयरमा एमाले र उपमेयरमा कांग्रेस अगाडि देखिएको छ । ८ नम्बर वडा एमाले मेयरका उम्मेदवार रामबहादुर बाँनिया र काँग्रेस नेता मनबहादुर रावलको गृह वडा हो ।
प्रकाशित मिति : २५ असार २०७९, शनिबार २०:३०












