बुढीगंगा मतगणना अपडेट: एमालेको मतान्तर थप फराकिलो
२४ असार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाकाे मतगणना जारी छ । बुढीगंगाको निर्वाचन कार्यालयले हालसम्म १ हजार मतगणना सकिएको जनाएकाे छ ।
वडा नं १ र १० को मतगणना भइरहँदा १ हजार मतको गणना सकिएको निर्वाचन कार्यालयले जनाएकाे छ । १ हजार मतको गणना सकिँदा एमालेले मेयरमा ५२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ ।
यसैगरी कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ । मेयरमा एमालेकाे ९३ मतकाे अग्रता रहेकाे छ । यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ।
मेयर पदका लागि एमालेबाट रामबहादुर बानियाँ र नेपाली कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन्। यस्तै, उपमेयरमा एमालेबाट मायाकुमारी खड्का कुँवर र कांग्रेसबाट रिता शाही शाह उम्मेदवार छन्।
प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १९:०६












