१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

२४ असार, काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

नारा सहरमा आयोजित एक कार्यक्रममा आवेमाथि गोली प्रहार भएकत्र हो । गोली लागेका उनी कार्यक्रम स्थलमै बेहोस भएको जापानको राष्ट्रिय प्रशारण संस्था एनएचकेले जनाएको छ । गोली लागेका आवे बेहेस भएका थिए ।

आबेलाई पछाडिबाट गोली लागेको र रगत बगेको देखिएको एनएचकेले जनाएको छ । टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीट गर्दै आबे कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा रहेको बताएका छन्। जापानमा मृत्युको आधिकारिक पुष्टि हुनु अघि यो शब्द प्रायः प्रयोग गरिन्छ।

जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका आबेले स्वास्थ्यको कारण देखाउँदै २०२० मा राजीनामा दिएका थिए । उनले पछि आफू आन्द्राको रोगबाट ग्रस्त रहेको बताएका थिए । बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा गोली प्रहारका घटना कमैमात्र हुने गरेको छ ।

प्रकाशित मिति : July 8, 2022 at 9:38 am