नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्याेः बिशाल भट्टराई
२३ असार, काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको टिप्पणी गरेको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै एमाले प्रमुख सचेतक बिशाल भट्टराईले दुई बर्ष छलफल भएर सहमति नजिक पुगेको उक्त बिधेयक फिर्ता लिने निर्णयले आश्चर्यचकित भएको भन्दै सरकारले नागरिकको सामान्य हक खोस्ने काम गरेको बताएका हुन् ।
उनले सरकारले ल्याउने भनेको अर्को बिधेयक नहेरि एमालेले आखा चिम्लेर समर्थन गर्न नसक्ने जिकिर गरे । भट्टराईले छिटो भन्दा छिटो ऐन पास गरेर नागरिकताबिहिनलाई नागरिकता दिनुपर्ने उल्लेख गरे । उनले बिनाकारण उक्त बिधेयक फिर्ता लिने काम उचित नभएको तर्क गरे ।
प्रकाशित मिति : July 7, 2022 at 7:18 pm










