अर्थमन्त्रीको हैसियतमा जनार्दन शर्माले संसद्मा बोल्ने नैतिक अधिकार छैन : याेगेश भट्टराई
२२ असार, काठमाडाैं । नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको रुपमा संसद्मा बोल्न नैतिक अधिकार नभएकाे बताएका छन् ।
भट्टराईले प्रतिनिधिसभाको बुधबारको बैठकमा शर्मालाई पदमा बसेको मान्छेमाथि छानबिन भइरहँदा पदमा बस्दा त्यो समितिले राम्रो काम गर्न नसक्ने बताए ।
उनले अर्थमन्त्रीले राजीनामा दिएर सांसद वा पूर्वअर्थमन्त्रीको हैसियतमा बोल्नुपर्ने बताए । पूर्वअर्थमन्त्रीको रुपमा शर्मासँग संसदीय छानबिन समितिले शर्मासँग बयान लिने बताए । भट्टराईले बजेट निर्माणको क्रममा भएको अनियमिततामा संलग्न रहेको अर्थमन्त्रीले पदमा बस्न निमल्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा एमालेले यो विषयलाई पटक-पटक उठाएको स्मरण गर्दै सांसद भट्टराईले पछिल्लो समयमा सत्तारुढ दलले समेत यस विषयलाई उठाएको बताए ।
प्रकाशित मिति : २२ असार २०७९, बुधबार १६:२८












