६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

राजिनामा नदिए अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुको विकल्प छैनः सचिव भट्टराई

२२ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राजिनामा नदिए अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुको विकल्प नभएको बताएका छन । संसद् भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने प्रष्ट पारे ।

बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर अर्थमन्त्री शर्माले राष्ट्रघाती काम गरेको भन्दै सचिव भट्टराईले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत गलत देखिएको बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १५:३५