बम दिदी बहिनीको घरमै निर्मलाको हत्या भएको अाशंका, मृतकको सुरूवाल प्रहरीले किन धोयो ?
१५ भदाै, काठमाडाैँ । कञ्चनपुरको भीमदत्तनगर २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहितले प्रमाण मेटाउने काम गरेको खुलासा भएको छ ।
घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको स्थानीयले बताएको अाजको कान्तिपुर दैनिकले लखेको छ ।
शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो ? एक स्थानीयले भने, प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन । यो सबै कुराले निर्मालको हत्या योजनाबद्ध रहेको पुष्टि हुन्छ । प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।
अम्बाको रुख हाली नै किन काटियो, निर्मलाले रुखमा चढेर अम्बा टिपेको कुरा पनि आएको छ, अर्का स्थानीय रतन ओझाले भने । निर्मलाकी आमा दुर्गादेवी पनि यिनै विषयलार्य जोडेर बम दिदीबहिनीमाथि शंका व्यक्त गरिरहेकी छिन् । छोरी खोज्न जाँदा उनीहरुले देखाएको व्यवहार र क्रियाकलापले पनि घटना तयही घरभित्र भएको हुन सक्ने उनको बुझाई छ ।
प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार ०७:०८