१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

अर्थमन्त्रीले गरेकाे नीतिगत भ्रष्टाचारमा प्रधानमन्त्रीकाे समेत मिलेमताे छः महासचिव पाेखरेल

२१ असार, कैलाली । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था विग्रदै गएको आरोप लगाएका छन् । मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको बताएका हुन् ।

उनले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको समेत बताए । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको उनले जिकिर गरे ।

‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन्’, उनले भने ।

प्रकाशित मिति : 14:32