२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

सप्तरीका १५ जना विद्युत चोरलार्इ जनही पाँच हजार जरिवाना

२३ फागुन, राजविराज । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय सप्तरी राजविराजले विद्युत चोरी गर्ने १५ जनालाई जनही रु पाँच हजार जरिवाना गराएको छ ।

प्राधिकरण सप्तरीका प्रमुख चन्द्रनारायण साहका अनुसार जिल्लाको कृष्णश्रवण गाउँपालिका–४, ९, ५ र महदेवा गाउँपालिका–१ र २ मा विद्युतको पोलबाट हुकिङ गरी विद्युत चोरी गरेको अवस्थामा १५ जनालाई मंगलबार र बुधबार पक्राउ गरी जरिवाना गरेको हो ।

प्राधिकरणले जिल्लामा व्यापकरुपमा विद्यतु चोरी हुन थालेपछि अभियान नै चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : March 7, 2018 at 8:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/