प्रशासनसँगको सहमतिपछि पुष्पा केसीका आफन्तले बुझे शव, अाजै उनकाे अन्त्यष्टि गरिने
१४ भदाै, कास्की । पोखराको लामाचौरमा भदाै ८ गते मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको शव आफन्तले बुझेका छन् । पुष्पाको हत्या भएको भन्दै अनुसन्धानको माग गरिरहेका आफन्तले प्रशासनसँगको सहमतिमा अाज शव बुझेका हुन् । विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी भदौ ७ गते साँझ ५ बजे तरकारी किन्न भनेर निस्किएकी थिइन् भने, भदाै ८ गते साँझ मृत भेटिएकी थिइन् ।
भदौ १० गते गरिएको पोष्टमार्टम रिपोर्टमा पुष्पाको टाउकोमा गम्भीर चोट लागेको देखिएको थियो । आफन्तले पुष्पाको बलात्कार प्रयासका क्रममा हत्या भएको भन्दै आन्दोलन जारी गरेका थिए ।
अाज जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाको अनुसन्धान जारी राख्ने र यथासिघ्र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएपछी आफन्तहरुले शव बुझेका हुन् । पुष्पाको अन्त्येष्टि अाजै गरिने आफन्तले जनाएका छन् ।
प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार १३:४८