५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

आफूलाई कारबाही गर्ने पाँचै जनामाथि बामदेवको कारबाही, पार्टी सदस्य समेत नरहनेगरी निष्कासन

१९ असार, काठमाडौँ । राष्ट्रिय एकता अभियानबाट आफूलाई कारबाही गर्ने पाँचै जनामाथि बामदेव गौतमले कारबाही पनि कारबाही गरेका छन । संयोजक गौतमले आइतबार आफूमाथि कारबाही गरेको विज्ञप्ति निकाल्ने पाँच जनालाई नै पार्टी सदस्य समेत नरहनेगरी निष्कासन गरेका छन ।

बामदेव गौतमको अभियानका प्रवक्ता निमकान्त पाण्डेले संयोजक वामदेव गौतमलाई नै निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई गौतमले कारबाही गरेको जानकारी दिए ।

अभियानको शनिबार सकेको बैठकले सचिवालय सदस्य युवराज सफलसहित पाँचैजनालाई निष्कासन गर्ने निर्णय गरेको पाण्डेले बताए । उनका अनसार ९ जनाको सचिवालयमा शनिबारको बैठकमा ७ जना उपस्थित रहेका थिए ।

 

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १३:०२