२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँड


१७ असार, काठमाडाैँ । समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको सात लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँड गरिएको हो ।

यसमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् । यता, आवेदकले लिलामी बाँडफाँडमा नपरेको सेयर वापतको पैसा आइतबार (१९ असार) देखि फिर्ता पाउने बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १०:१९