२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सेन्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत


१७ असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत २१ वैशाखदेखि ४ जेठसम्म दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

बैंकले ‘१०.५० प्रतिशत सेन्चुरी डिबेन्चर २०८८’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १०:१६