काठमाडाैँलाई माग्ने मुक्त बनाउने महानगरको घोषणा, यस्तो छ भिख माग्नेका नाममा जारी सूचना
१७ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले अाफ्नो नगर क्षेत्रलाई माग्ने मुक्त बनाउने तयारी सुरू गरेको छ । महानगरले एक सूचना नै जारी गरेर सडकमा भिख माग्न प्रतिबन्ध लगाएको जनाएको छ ।
सूचना अनुसार अब काठमाडौं महानगरभित्रका क्षेत्रमा भिख माग्न पाइने छैन । महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको हो ।
साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : 09:47









