१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली त्रिवि कर्मचारी संघको उपाध्यक्षमा विजयी

१५ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको कर्मचारी संघको केन्द्रीय समितिको १२ औं राष्ट्रिय निर्वाचनबाट वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली उपाध्यक्षमा विजयी भएका छन । नेकपा एमाले निकटको प्रगतिशिल समूहबाट उनी उपाध्यक्षमा विजयी भएका हुन ।

पराजुलीले २१८९ मत प्राप्त गरेका छन । उनको प्रतिद्धन्द्धी पाँच दलीय सत्तागठबन्धनका गणेश शर्माले २०३९ मत प्राप्त गरेका छन । त्रिवि कर्मचारी संघको चुनावमा प्रगितिशिल समूहले शान्दार विजय हाँसिल गर्दै सत्तारूढ गठबन्धनलाई साेत्तर (क्लिनस्वीप) पारेको छ ।

मंगलबार राति सम्पन्न मतगणनामा पाँच दलीय गठबन्धनको लोकतान्त्रिक प्यानललाइ शर्मनाक हार चखाउँदै नेकपा एमाले निकटको प्रगतिशिल कर्मचारी संगठनका उम्मेदवारहरू विजयी भएका हुन । अध्यक्षमा छत्रबहादुर कार्की विजयी भएका छन । कार्की ५१४ मतान्तरमा विजयी भए । कार्कीले २४४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी पाँच दलीय गठबन्धनका उम्मेदवार पुण्यप्रसाद आचार्यले १९२७ मत प्राप्त गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र लामा विजयी भएका छन । त्यस्तै अन्य पदाधिकारीमा उपाध्यक्षहरूमा पुष्कर खनाल, विजय कुशवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, इश्वरी रेग्मी र मिङ्मादोर्जे शेर्पा विजयी भएका छन ।

त्यस्तै महासचिवमा सृजना भोगी विजयी भएकी छिन भने सचिवमा उज्जवलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री विजयी भएकी छिन । यस्तै सदस्यहरूमा रेनुमाया दाहाल, शान्तिकृष्ण केसी, ललित रानामगर, ज्ञानबहादुर गुरूङ, निरञ्जन थापा, मोदनाथ लम्साल, पिताम्बर पंगेनी, इन्दिरा विष्ट, नवराज बराल, विनोद श्रेष्ठ, चन्द्रबहादुर भण्डारी, सरस्वती गौतम र हरिकला अधिकारी विजयी भएका छन ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ०८:१४