३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

चिनियाँ कम्पनी थ्री गर्जेजद्धारा पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्वीकार

१३ भदौ, काठमाडौँ । क्षमता घटाएर पश्चिम सेती जलविद्युत आयोजना बनाउन गरिएको प्रस्ताव चिनियाँ कम्पनी थ्री गर्जेजले अस्वीकार गरेको छ ।

बुधबार थ्री गर्जेजका प्रतिनिधिसँग भएको वार्तामा लगानी बोर्डले परियोजनाको क्षमता घटाउने र अमेरिकी डलरमा पीपीए गर्ने प्रस्ताव गरेको थियो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले परियोजना कार्यान्वयन चरणमा लैजान आवश्यक काम अघि बढाउन आग्रह गरेका थिए तर थ्री गर्जेजले आयोजना बनाउन अस्वीकार गरेको छ । उसले प्राविधिक, पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १७:५३