९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

अन्तरघातको आरोपमा सांसद समेत रहेका एमाले कैलालीका अध्यक्ष रतन थापा बर्खास्त

१४ असार, काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीका पार्टी अध्यक्ष रतन थापालाई अन्तरघातको आरोपमा बर्खास्त गरेको छ । उनीमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरूद्धमा अभिव्यक्ति दिएको आरोप पनि लागेको थियो । वैशाख ३० को स्थानीय चुनावपछि एमालेभित्रको यो सबैभन्दा ठूलो कारबाही हो ।

थापाले आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गराउन सक्रिय भूमिका खेलेको एमालेले जनाएको छ । एमाले सुदुरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेकोले थापालाई कारबाही गरिएको हो ।

पार्टीका कैलाली जिल्ला ईन्चार्ज नारदमुनी रानाले प्रदेश कमिटीमा गरेको अनुशासनको कारबाहीको सिफारिस तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरुको अध्ययन तथा प्राप्त भएका सिफारिसहरुलाई ध्यानमा राखी सो निर्णय गरेको बताइएको छ ।

प्रकाशित मिति : June 28, 2022 at 2:26 pm