ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु
१३ भदौ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ । ना४ख २९४८ नं को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा३४प ५४१५ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया थापा गम्भीर घाइते भई उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन् । ट्याङ्कर चालक मकवानपुरका ६२ वर्षीय बीरबहादुर विकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : August 29, 2018 at 10:27 am









