बाढीले गेर्खु खोलाको डार्इभर्सन पनि बगायो, नुवाकोट र रसुवाको यातायात सम्बन्ध विच्छेद
१३ भदाै, नुवाकोट । गएराति अाएको भीषण बाढीले नुवाकोट विदुर नगरपालिका वडा नम्बर १ मा बनाएको डाइभर्सनमा क्षति पुर्याएको छ । बाढीले क्षति पुर्याएपछि नुवाकोट र रसुवाको यातायात सम्बन्ध विच्छेद भएको छ ।
नुवाकोट प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बाढीले क्षति पुर्याएको डाइभर्सनको दुबै तर्फको भागमा फिलिङको काम भैरहेको जानकारी दिए । उनले मर्मतपछि दिउँसोसम्ममा यातायात सुचारू हुने जानकारी दिए । एक साता अघि अाएको बाढीले गेर्खु खोलाको पक्की पुलमा क्षति पुर्याएको थियो ।
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ०९:३१