१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

नागरिक लगानी कोषको बोनस सेयर घोषणा

१२ असार, काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिथशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार ११:१५