४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राष्ट्रियसभाका तीन सांसदलाई सपथ लिने बाटो खुल्यो, अन्तरिम आदेश खारेज


२३ फागुन, काठमाडौँ । राष्ट्रियसभा सदस्यमा केपी ओली सरकारद्वारा सिफारिस गरिएका तीन सदस्यले सपथ लिन पाउने भएका छन ।

सर्वोच्च अदालतले ओली सरकारद्वारा सिफारिस भएर राष्ट्रपतिबाट मनोनित पनि भएका सदस्यहरु डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेललाई शपथ लिन पाउने आदेश सुनाएको छ ।

फागुन १३ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न दिएको आदेश खारेज गर्दै सर्वोच्चले सपथको बाटो खोलिदिएको हो ।

न्यायाधीशद्वय केदार चालिसे र सारदा घिमिरेको इजलालले बुधवार यसअघिको अन्तरकालिलन आदेश खारेज गरेको हो । तीनजनाको नियुक्ती सम्बन्धी मुद्दा संवैधानिक इजालसमा गएको छ । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिश गरेका कृष्ण पाैडेल लगायतले सर्वोच्चमा रीट दायर गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १८:१६