८ असार २०८३, सोमबार | Tue Jun 23 2026

माओवादीको केन्द्रीय सदस्य त्यागेका जीवन गौतम एमाले प्रवेश

१० असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य त्यागेका दाङका जीवन गौतम नेकपा एमालेका प्रवेश गरेका छन । शुक्रबार नेकपा एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितका माओवादी नेताहरूलाइ एमालेमा स्वागत गरे ।

जीवन गौतमले आफूले घोराही उपमहानगरपालिकाले मेयर नपाउने निश्चित भएपछि स्थानीय चुनावअघि पार्टीबाट राजीनामा दिएका थिए । गौतम ०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार थिए। अहिले पनि उनले घोराही उपमहानगरपालिका मेयरको दाबी गरिरहेका थिए। तर, आफ्नो भागमा मेयर नपर्ने भएपछि उनले पार्टी परित्याग गरेका थिए ।

नारायणकाजी श्रेष्ठनिकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आएका थिए । साथै, उनले माओवादीलाई गैरकम्युनिस्ट चरित्र देखाएको आरोपसमेत लगाएका छन्। उनले तत्कालीन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सल्लाहकारको रूपमा पनि काम गरेका थिए ।

प्रकाशित मिति : June 24, 2022 at 4:03 pm