३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

बालिका अपहरण गर्ने भारतीय नागरिक पक्राउ

१२ भदौ, विराटनगर । बालिका अपहरण गर्ने भारतीय नागरिक पक्राउ पर्बारकाे छ । पक्रउ पर्नेमा मोरङको उर्लाबारीबाट भारतको आसाम राज्यको तीनसुकिया जिल्ला अन्तर्गत ग्रोगाहा टोलका गोपाल कार्की भएकाे प्रहरीले जनाएकाे छ ।

आरोपी  भारतीय नेपालीभाषी  भएकाे  प्रहरीले जनाएकाे छ । उर्लाबारी ६ जनपथ टोलकी ४ वर्षकी बालिका दीपिका घिमिरेलाई अपहरण गरेको आरोपमा कार्की पक्राउ परेकाे इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले जनाएका छन् ।

हिजाे साँझ घरनजिकै साथीहरुसंग खेलिरहेकी दीपिकालाई कार्कीले एक्कासी आएर आफ्नो भाञ्जी भन्दै बोकेर लगेपछि  उनका साथीहरुले दीपिकाको परिवारलाई खबर गरेका थिए ।  करिब २ सय मिटर टाढाबाट दीपिकालाई स्थानीय र आफन्तले नियन्त्रणमा लिएका थिए । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार कार्कीलार्इ अपहरण मुद्धा चलाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार १९:१९