२० हजार घुस लिएको अभियोगमा कार्यालय सहयोगी कृष्णबहादुर सुवेदी पक्राउ
१२ भदौ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मस्र्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो । विद्युत् प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ ।
प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार १८:०८