चलचित्र ‘म’ को टिजर सार्वजनिक
४ असार, काठमाडौं । चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो ।
यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइलीलाई देखाइएको छ ।
सस्पेन्स–थ्रिलर चलचित्रमा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीको कथा तथा पटकथा छ । चलचित्रको निर्देशन भने सुवर्ण थापाले गरेका छन् । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा भन्ने चलचित्र ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठका अलवा फिल्ममा नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रकाशित मिति : June 18, 2022 at 2:07 pm









